सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक छिटै ल्याउँछः सञ्चारमन्त्री गुरुङ

स्वर्णिम खबर
२९ मंसिर २०८१, शनिबार १६:५८

२९ मंसिर, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियामा देखापरेको अराजकतालाई नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उहाँले प्रिन्ट मिडिया र बोर्ड कास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचनाहरु, जनताको सूचनाको प्रत्याभुति गरिरहेको भएपनि अनलाइन मिडियाहरुले अराजकता मच्चाउने काम गरिरहेको बताउनु भयो ।
संस्कृतिमाथि प्रहार गरेर समाजमा हिंसा भड्काउने काममा अनाइन मिडिया लागेकाले यसको नियमन अहिलेको पहिलो आवश्यकता भएको मन्त्री गुरुङको भनाई छ । अनलाइन मिडियाको अराजकताका कारण राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको उहाँले बताउनु भयो । मन्त्री गुरुङले अनलाइन मिडियाहरुले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भत्काउने काम गरिरहेको उल्लेख गर्नुभयो ।
मन्त्री गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताउनुभयो । दुई प्रमुख दलको सरकारले समस्याहरूको समाधान खोज्न सुरु गरेको समेत उहाँले बताउनुभयो । मन्त्री गुरुङले सरकारको आगामी कार्यहरूमा सुधारका लागि प्रधानमन्त्रीले सार्वजनिक खरिद ऐनमा संशोधन र नयाँ ऐन ल्याउनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएको समेत जानकारी गराउनुभयो ।
मन्त्री गुरुङले नीतिगत स्थिरता नहुनु नै अर्थतन्त्रको समस्याको मुख्य कारण भएको र सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*