सबै सुरक्षित स्थानमा बस्नुहोला, उद्धार र राहतमा प्राथमिकता दिएका छौँः गृहमन्त्री लेखक

स्वर्णिम खबर
१२ आश्विन २०८१, शनिबार १२:५९

१२ असोज, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरुको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
केन्द्रिय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले जोखिममा रहेका मानिसहरुको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताउनुभएको हो । उहाँले अहिले काठमाडौंमा मात्रै साढे सात सय भन्दा बढी जोखिममा परेका मानिसहरुको उद्धार गरिएको बताउनु भयो ।
उहाँले देशभर धेरै जनधनको क्षति भएको, सडक, पुल पुलेसाहरु बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त रहेकाले सहज् बनउने काम भइरहेको बताउनु भयो । गृहमन्त्री लेखकले सबै नागरिकले शतर्कता अपनाएर विपद्बाट बच्न आग्रह गर्नुभयो । उहाँले उद्धार, राहत र घाईतेको उपचारमा सरकार गम्भीर रहेको बताउनु भयो ।
उहाँले पुनःस्थापित र पुनः निर्माण गर्ने काममा सरकार लागेको र सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो । उहाँले जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएको पनि बताउनु भयो ।
गृहमन्त्री लेखकले नागरिकको जीवन जोगाउन र सुरक्षित राख्न काममा खटिरहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*