समृद्धिको मार्गमा अघि बढ्न पर्यटन क्षेत्र महत्वपूर्णः कार्यबहाक प्रधानमन्त्री सिंह
११ असोज, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समृद्धिको मार्गमा अघि बढ्न पर्यटन क्षेत्र नेपालका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।
पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्र चलायमान र मजबुत बनाउनका लागि महत्वपूर्ण रहेको बताउनु भयो । कार्यबहाक प्रधानमन्त्री सिंहले पर्यटन क्षेत्रलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउने पनि उल्लेख गर्नुभयो ।
उहाँले पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिनसक्ने योगदानलाई अझ व्यवस्थित गरेर अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले पर्यटन क्षेत्रका समस्याको पहिचान गरी समाधान गर्न सरकार गम्भीर रहेको बताउनु भयो ।
कार्यवाहक प्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता दिनका लागि काँग्रेस—एमालेको सरकार बनेको बताउनु भयो । उहाँले वर्तमान सरकारले जनताको पक्षमा काम अघि बढाउने बताउनु भयो ।