प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ?

स्वर्णिम खबर
५ जेष्ठ २०८१, शनिबार १५:०५

५ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक विश्वासको मत लिनुभएकोप्रति आपत्ति जनाउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते चौथो पटक संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला उहाँले त्यसप्रति आपत्ति जनाउनुभएको हो । नेता कोईरालाले प्रधानमन्त्री दाहाललाई कति पटक विश्वासको मत लिने ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहाल आफैँलाई प्रधानमन्त्री के का भएको भन्ने जिज्ञासाको जवाफ नभएको जिकिर पनि गर्नुभयो ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोईरालाले निर्वाचन प्रणालीकाकारण मुलुकमा राजनीतिक अस्थिरता भएकाले त्यसलाई परिवर्तन गरेर अघि बढने कुरामा ठूला दल काँग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अडान समेत दोहो¥याउनु भयो ।
नेता कोईरालाले निर्वाचन प्रणालीमा सुधार गरेर अघि नबढ्ने हो भने मुलुकलाई बर्बाद हुनबाट कसैले पनि जोगाउन नसक्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*