हेटौंडामा पहिलो पटक द डिस्टिङग्विस्ड जेन्टलम्यान राईड हुने

स्वर्णिम खबर
३ जेष्ठ २०८१, बिहीबार १७:४८

३ जेठ, हेटौँडा । पुरुषहरुमा हुने प्रोस्टेट क्यान्सरको बारेमा जानकारी दिने उद्देश्यले यही जेठ ५ गते हेटौंडामा द डिस्टिङग्विस्ड जेन्टलम्यान राईड (डिजिआर) हुने भएको छ ।
हेटौंडा इन्फिल्डर्स मकवानपुरले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम बारेमा जानकारी गराएको हो । विश्वमा चर्चित मानिएको यो राइड फ्रेन्ड्स अफ रोयल इन्फिन्ड (फोरे) सँगको समन्वयमा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको हेटौंडा इन्फिल्डर्स मकवानपुरका अध्यक्ष राजक शाहीले जानकारी दिनुभयो । राइडमा सहभागी राइडरहरुलाई ड्रेस कोड नै तोकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार राइडरहरुले फर्मल पार्टी वेयरमा राइड गर्नेछन् । हेटौंडा ४ स्थित सुत्र लन्जबाट सुरु हुने राइड भुटनदेवी मन्दिर दर्शन गरेर हेटौंडा बजार परिक्रमा गर्दै पुनः सुत्र लन्जमा आएर समापन हुने अध्यक्ष शाहीले बताउनुभयो ।
राइडमा रोयल इन्फिल्ड, भेस्पा लगायत क्लासिक बाइक राईडर्सहरु सहभागी हुने आयोजकले बताएको छ । कार्यक्रममा एक सय भन्दा बढी राइडर सहभागी हने आयोजकको अनुमान छ । कार्यक्रममा सहभागीहरुलाई विभिन्न विधामा पुरस्कार समेत प्रदान गरिने बताइएको छ । पुरुषमा हुने प्रोस्टेट क्यान्सर र मानसिक स्वास्थ्यको बारेमा जनचेतना दिने उद्देश्यले मे १९ तारिखका दिन विश्वभर एक लाख राइडरले बाइक राइड गर्न लागेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*