उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीको यथेष्ट प्रमाण छन्, सरकारी अड्डाहरु गएर केलाए हुन्छः गगन थापा
२९ वैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको यथेष्ट प्रमाणहरु सरकार आफैँसँग रहेको दाबी गर्नुभएको छ ।
शनिवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि उहाँले सञ्चारकर्मीमाझ उपप्रधानमन्त्री लामिछानेले सहकारीमा गरेको गठीको यथेष्ट तथ्य र प्रमाणहरु सरकारी अड्डाहरुसँगै रहेको बताउनुभयो । महामन्त्री थापाले जिबी राईसँग मिलेर उपप्रधानमन्त्री लामिछानेले थुप्रै सहकारीका वचतकर्ताहरुको करोडौं रुपैयाँ गोर्खा मिडिया लगायतका संस्थाहरु प्रयोग गरेर अपचलन गरेकोमा कुनैपनि दुविधा नभएको उल्लेख गर्नुभयो ।
उहाँले तथ्य, प्रमाण खोज्न रुपेन्देहीको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदनहरु, सिआईबीले गरेको अनुसन्धान, पोखराको महानगरपालिकाले तयार गरेको प्रतिवेदन लगायतको परीक्षण नै पर्याप्त हुने दोहो¥याउनुभयो । उहाँले सहकारी ठगी प्रकरणको विषयलाई खेलाँची नगरी गम्भिरतापूर्वक लिन र वचतकर्ताहरुको रकम फिर्ता गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
महामन्त्री थापाले सरकारले सहकारी वचतकर्ताहरुको रकम फिर्ता गराउने काममा सरकार गम्भिर नभए समाजमा अप्रिय घटना हुन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
‘













