पार्टी विभाजन असंवैधानिक, गैरकानूनी छ, हामी अदालत जान्छौंः उपेन्द्र यादव

स्वर्णिम खबर
२६ बैशाख २०८१, बुधबार १४:५३

२६ वैशाख, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनबिरुद्ध अदालत जाने बताउनुभएको छ ।
पार्टी विभाजन गैरकानूनी, असंवैधानिक ढंगले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसबिरुद्ध अदालत जाने बताउनुभएको हो । पार्टी विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन बुधवार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीका नेता अशोक राईले नितान्त व्यक्तिगत स्वार्थका लागि संघीयता, लोकतन्त्र, गणतन्त्र, मधेस र पहिचानको मुद्दालाई धरापमा पार्नेगरी पार्टी विभाजन गरेकाले यसको कुनै औचित्य नरहेको आरोप समेत लगाउनु भयो ।
पार्टी विभाजन गर्ने काम असंवैधानिक भएकाले आफूहरुले अदालतमा गएर चुनौति दिने अध्यक्ष यादवको भनाई थियो । उहाँले जसपा, नेपालले वर्तमान सरकार ढालेर काँग्रेस नेतृत्वमा अर्को सरकार बनाउने लागेको भन्ने भनाई कपोलकल्पित, आधारहीन र प्रायोजित ढंगले चलाइएको अफबाह भएको बताउनु भयो । अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन यथावत रहेको र त्यो कसरी अगाडि बढछ भन्ने कुरा परिस्थितिमा भर पर्ने बताउनु भयो ।
अध्यक्ष यादवले अर्को सरकार बनाउने प्रयास आफूहरुले नगरेको दाबी समेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*