बागमती प्रदेशमा बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन दलहरु सहमत

स्वर्णिम खबर
२१ बैशाख २०८१, शुक्रबार १९:२४

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन दलहरु सहमत भएका छन् ।
शुक्रबार सभामुख भुवनकुमार पाठकको आह्वानमा बसेको सर्वदलीय बैठकले बैशाख ३१ गते बजेट अधिवेशन बोलाउने सहमति भएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो । जेठ १ गते सरकारका प्राथमिकता र सिद्धान्त माथि छलफल गर्ने, १४ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ते र असार १ गते बजेट ल्याउने सहमति जुटेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभयो । बैठकले संसदीय समिति सभापति चयनका लागि दलका प्रमुख सचेतकहरू सदस्य रहेको कार्यदललाई नै सहमति जुटाउन अनुमति दिने निर्णय गरेको उहाँले बताउनुभयो । जेठको पहिलो हप्ता सम्ममा सर्वसम्मत रुपमा समिति सभापती चयन गर्ने मुख्यमन्त्री जम्कट्टेलको दाबी छ ।
यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले दुईवटा समितिको सभापति पाउनुपर्ने अडान राखेको छ । संसदीय दलका नेता बहादुर सिह लामाले संसदको सबैभन्दा ठूलो दलको हैसियतले काँग्रेसले दुईवटा समितिको सभापति पाउनुपर्ने आफुहरुको बटमलाइन रहेको बताउनुभयो । दुई वटा समितिको नेतृत्व पाए मात्र सहमती हुन सक्ने नभए निर्वाचन प्रक्रियामा अघि बढ्ने उहाँको भनाई छ ।
आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाउने विषयमा पनि दलहरू सहमत भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*