बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार राती १२ बजेबाट अन्त्य हुने

स्वर्णिम खबर
१२ बैशाख २०८१, बुधबार १८:५२

१२ वैशाख, हेटौँडा । बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुने भएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको घोषणा गर्नुभएको हो । यसअघि बुधबार दिउँसो बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेश सभा बैठक अन्त्य भएको घोषणा गर्नुभएको हो । प्रदेश सभाको अधिवेशन प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेशप्रमुखबाट आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
चालू हिउँदे अधिवेशन अन्त्य भएसँगै प्रदेश सरकार आगामी आव ०८१÷८२ को प्रि–बजेट छलफल र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन बर्खे अधिवेशन आह्वान गर्ने तयारीमा लाग्ने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*