नेपालमा लगानीमा देखिएका बाधा हटाउन निजी क्षेत्रले पनि प्रयास गर्नुपर्छः प्रधानमन्त्री दाहाल

स्वर्णिम खबर
११ बैशाख २०८१, मंगलवार १५:३२

११ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देश विकासका लागि सरकारले लिएको उद्देश्य पूरा नहुने भएकाले पनि सरकार र निजी क्षेत्रबीचको सहकार्य बलियो हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । मंगलवार काठमाडौंमा आयोजित लगानी बोर्डको बैठकमा बोल्दै उहाँले निजी क्षेत्रलाई आकर्षित गरेर मात्रै देश विकासका लागि वाह्य लगानी भित्रिने सम्भावना रहेकाले पनि सरकारले निजी क्षेत्रलाई विश्वासका लिनका लागि अध्यादेशमार्फत भएपनि आवश्यक ऐनको व्यवस्था गर्न लागेको बताउनुभएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री दाहालले बैठकमा नेपालमा लगानीको क्षेत्रमा देखिएको बाधा हटाउन निजी क्षेत्रले प्रयास गर्नुपर्ने बताउनु भएको थियो । त्यस अवसरमा उहाँले निजी क्षेत्रको समस्या भने सरकारले समाधान गरिदिने बताउनुभएको थियो । निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै देश विकासका सम्भावनाहरु अझै उजागर हुँदै प्रधानमन्त्री दाहालको भनाई थियो । उहाँले लगानी सम्मेलनका लागि प्रश्तावित परियोजनाहरु तयार पारेकोमा लगानी बोर्ड सचिवालयलाई धन्यवाद दिनुभएको पनि प्रवक्ता उपाध्यायले बताउनु भयो ।
बैठकमा केही परियोजनाहरु लगानी सम्मेलनमा थप सकिने धारणा राखेका थिए । सरकारले यही बैशाख १६ र १७ गते काठमाडौंमा लगानी सम्मेलन आयोजना गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*