नागढुंगा सुरूङ मार्गको ब्रेक थ्रु

स्वर्णिम खबर
३ बैशाख २०८१, सोमबार १८:०३

३ वैशाख, काठमाडौँ । नेपालकै पहिलो आधुनिक सुरूङ मानिएको नागढुंगा–नौबिसे सुरूङ मार्गको मुख्य सुरूङ मार्गको ब्रेक थ्रु भएको छ ।
सोमवार जापानी संस्कृति र नेपाली हिन्दु परम्पराअनुसार विशेष पूजाआजा गरेर मुख्य सुरूङ मार्गको ब्रेक थ्रु गरिएको हो । विद्युतीय स्विच थिचेर ब्लास्टिङ गरी सुरूङ ब्रेक थ्रु गर्नुहुँदै प्रधानमन्त्री दाहालले पूर्वाधार विकासमा नागढुंगा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने दाबी गर्नुभयो । उहाँले नेपालको भौगोलिक बनोटका आधारमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिनको लागि नागढुंगा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने बताउनु भयो । प्रधानमन्त्री दाहालले नागढुंगा सुरुङमार्ग निर्माणले पूर्णता पाएसँगै नेपाल सुरुङ युगमा प्रवेश गरेको उल्लेख गर्नुभयो ।


उहाँले सुरुङ मार्ग निर्माणपश्चात सुरुङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालनको खर्च घटाउने बताउनुभयो । ट्राफिक र सडक सुरक्षामा सुधार गरी काठमाडौं र देशका अन्य प्रमुख शहरहरु बीचको सहज यातायाता सञ्जालमा योगदान पु¥याउने उहाँको भनाई छ । प्रधानमन्त्री दाहालले आगामी योजनामा राष्ट्रिय राजमार्गहरुमा सुरुङ मार्ग,फ्लाइओभर तथा अण्डरपास सहितको आधुनिक सडक सञ्जाल बिस्तार तथा निर्माण गर्ने सरकारको नीति रहेको बताउनु भयो ।


सुरूङ ब्रेक थ्रु गरिएसँगै कुल लम्बाई २.७ किलोमिटर रहेकोमा दुई मिटर खन्न बाँकी सुरुङ सकिएको छ । आयोजना विकासका लागि जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो । आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*