रास्वपाको चेतावनीः कुन सहकारीबाट पैसा झिकेर चुनाव जित्नुभयो, खोज्न नपरोस्

स्वर्णिम खबर
२४ चैत्र २०८०, शनिबार ११:२०

२४ चैत्र, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपालक्षित टिप्पणी गर्ने सांसदहरुको अनियमितताको बारेमा खोज्न बाध्य नबनाउन चेतावनी दिनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले आजसम्म सहकारीको समस्या समाधानका लागि कुनैपनि राजनीतिक दलले केही पहल नगरेको दाबी गर्नुभयो । उहाँले कुन राजनीतिक दलले सहकारी समस्या समाधानको बारेमा संसदमा आवाज उठायो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी इक्वेल सहकारी भन्दै हिँड्ने सांसहरुप्रति लक्षित गर्दै कुन सहकारीबाट पैसा झिकेर गाडी, जग्गा किनेको र चुनाव जितेको छ भन्नेकुरा खोज्न नपरोस् भन्दै चेतावनी दिनुभयो । अनियमितताको बारेमा खोज्न रास्वपाले पैसा दिएर खटाइरहनु नपर्ने उहाँको भनाइ थियो । उहाँले रास्वपाले अहिलेसम्म नखोजेको जिकिर गर्दै खोज्नुपरेको दिन सबै अनियमितताको भण्डाफोर गर्ने बताउनु भयो । उहाँले सहकारीको समस्या समाधानको लागि काम गर्न आह्वान गर्नुभयो ।
श्रममन्त्री अर्यालले सहकारी संस्थाका सञ्चालकहरुलाई, लगानी कर्तालाई वचत कर्तालाई कसरी रकम फिर्ता गर्नुहुन्छ भनेर सोध्न आवश्यक रहेको बताउनु भयो । सहकारीका लगानीकर्तालाई जेलमा राखेर पीडितको वचत फिर्ता नहुने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*