आँखा उपचार उत्कृष्ट हुनुपर्छः मन्त्री थपलिया

स्वर्णिम खबर
२३ चैत्र २०८०, शुक्रबार १८:३१

२३ चैत्र, हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आँखा उपचार उत्कृष्ट हुनुपर्ने बताउनुभएको छ ।
मन्त्री थपलियाले आँखा जस्तो सम्वेदनसिल अङ्गको उपचारमा दिएको उत्कृष्ट सेवालाई अझै स्तरीय र विस्तार गर्न आग्रह गर्नुभयो । नेपाल नेत्रज्योति संघको चितवनमा आयोजित केन्द्रिय साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले बिरामीहरुको लागि आँखा अस्पताल वरदान नै साबित भएको बताउनुभयो ।
सेवाग्राहीलाई सर्वसुलभरुपमा छिटो–छरितो सेवा कसरी दिन सकिन्छ भन्नेमा सदैव सचेत रहनुपर्नेमा मन्त्री थपलियाले जोड दिनुभयो । उहाँले जनशक्तिको समूचित व्यवस्थापन गरी अस्पतालबाट प्रदान गरिने सेवालाई अझै प्रभावकारी बनाउन आग्रह समेत गर्नुभयो ।
सेवा विस्तारको लागि प्रदेश सरकारले नेत्रज्योति संघलाई सहयोग गर्ने समेत मन्त्री थपलियाले आश्वासन दिनुभयो । नेपाल नेत्रज्योति संघले सन् २०२५ सम्ममा अन्तराष्ट्रिय आँखा सम्मेलन गर्ने लक्ष्य राखेकोमा मन्त्री थपलियाले खुशी व्यक्त गर्नुभयो । नेत्रज्योति संघका केन्द्रिय अध्यक्ष डा. चेतराज पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*