गण्डकीमा अहिले राप्रपा नभइ कुनैपनि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्दैनः मुख्यमन्त्री पाण्डे

स्वर्णिम खबर
२१ चैत्र २०८०, बुधबार १३:२६

२१ चैत्र, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
बुधवार उहाँले पदबाट राजीनामा दिनुभएको हो । उहाँले राजीनामा दिएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आजबाटै नयाँ सरकार बनाउने प्रक्रिया शुरु हुने बताउनु भयो । गण्डकी सरकार निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी दुवै गठबन्धनका लागि महत्वपूर्ण हुने भएकाले राप्रपाको २७ गतेसम्मको आन्दोलन नसकिएसम्म नयाँ सरकार बन्न नसक्ने बताउनु भयो । उहाँले आफू मुख्यमन्त्री रहँदा गण्डकी प्रदेशमा सुशासनको प्रत्याभुति दिलाउने गरी काम गरेको जिकिर गर्नुभयो । उहाँले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समृद्ध प्रदेश बनाउने सिलसिलामा इमान्दारितापूर्वक आफूले काम गरेको बताउनु भयो ।
उहाँले राप्रपाको निर्णय नहुन्जेलसम्म कसैले पनि बहुमत पु¥याउन नसक्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*