बागमती प्रदेशमा मंगलबार एकैदिन दुईपटक मन्त्रीपरिषद् विस्तार

स्वर्णिम खबर
२० चैत्र २०८०, मंगलवार १९:१६

२० चैत्र, हेटौँडा । नेकपा एमालेका ४ जना सांसद्लाई मन्त्री नियुक्त गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
नयाँ सत्ता समिकरण बनेपछि मुख्यमन्त्री जम्कट्टेलले मंगलबार एकैदिन दुई पटक मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो ।
मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोखरेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई जिम्मेवारी तोक्नुभएको छ ।
नवनियुक्त मन्त्रीहरुले मंगलबार नै प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । यसअघि मंगलबार बिहान नेकपा समाजवादीकी सांसद रमा आलेमगरले विना विभागीय मन्त्रीको सपथ लिनुभएको थियो । यो संगै मुख्यमन्त्री तथा मन्त्रिपरिदषद् कार्यालयसहित १२ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा मन्त्रिपरिषद सदस्य संख्या १३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*