गृहमन्त्री लामिछानेमाथि अनुसन्धान जारीः उपप्रधानमन्त्री महासेठ

स्वर्णिम खबर
८ चैत्र २०८०, बिहीबार १८:५१

८ चैत्र, काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिरुद्ध लागेको आरोपमाथि छानबिन जारी रहेको बताउनुभएको छ ।
बिहीवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले छानिबनमा दोषी देखिए सरकारबाट बाहिर जानुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री महासेठले दोषी जो कोही भएपनि कारबाहीको दायरामा आउने स्पष्ट पार्नुभयो । उहाँले गृहमन्त्री लामिछानेलाई नेपाली काँग्रेसले प्रधानमन्त्री अफर गर्दा नमानेर अहिलेको सत्ता गठबन्धनमा आएकाले बिरोध गरिरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको अफर गर्दा ठिक र गृहमन्त्री बन्दा अपराधी भन्नु गलत रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री महासेठले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल चल्ने बताउनु भयो । भौतिक पूर्वाधारको विकास नगरीकन देश समृद्धितर्फ जान नसक्ने भएकाले सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित विकास रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*