जनताको सेवा गर्नलाई वरियताले फरक पर्दैनः उपप्रधानमन्त्री यादव

स्वर्णिम खबर
२७ फाल्गुन २०८०, आईतवार १३:४१

२७ फागुन, काठमाडौँ । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्न वरियताले फरक नपर्ने बताउनुभएको छ ।
आईतवार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको तपाईले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरियतामा बस्न किन चाहनुभयो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उहाँले जनताको सेवा गर्नेलाई वरियताको मतलव नहुने बताउनु भयो ।
उहाँले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिनुभयो । उहाँले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गर्नुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रको सुधार गर्दै जनताको पहुँचमा स्वास्थ्य सेवा पु¥याउनु आफ्नो पहिलो दायित्व रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*