बागमतीमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन

स्वर्णिम खबर
१७ फाल्गुन २०८०, बिहीबार १७:२५

१७ फागुन, हेटौँडा । बागमती प्रदेशसभामा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन भएको छ ।
बिहिबार बसेको प्रदेशसभा बैठकमा नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक रत्न ढकालले बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठनको प्रस्ताव पेश गर्नुभएको हो । सभामुख भुवनकुमार पाठकले प्रदेश सरकार र प्रतिपक्षीबीच विगतको सहमती कार्यान्वयन गर्ने विषयमा सरकार र प्रतिपक्षलाई सुझाब दिनेगरी समिति गठन गरिएको बताउनुभयो । नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालको संयोजकत्वमा गठित समितिले फागुन २९ गते दिनको ३ बजे बस्ने बैठकमा समितिको प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी दिईएको छ ।
समितिले फागुन २० गतेबाट नै काम थाल्ने संयोजक लम्सालले बताउनुुभयो । संविधानको परिधिभित्र रहेर मन्त्रालयका सचिव, कानुन विद्, विज्ञहरुसंग पनि परामर्श गरेर प्रतिवदेन पेश गर्ने संयोजक लम्सालले बताउनुभयो ।
समितिमा नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीबाट २–२ जना र हाम्रो नेपाल पार्टीबाट १ जना सांसद् सदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*