बागमती क्याबिनेटः भौतिक संरचनाको संरचनात्मक सुधारको खर्च अख्तियारी प्रदान गर्ने

स्वर्णिम खबर
२२ पुष २०८०, आईतवार १९:०७

२२ पुस, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा कारागार र प्रहरी भवन संरचना सुधारका लागि ५ करोड ५६ लाख बजेट खर्च गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
आईतबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा प्रदेशका विभिन्न स्थानमा रहेका कारागार तथा प्रहरी भवन सुधार लागि ५ करोड बजेट ५६ लाख रुपैयाँ खर्च गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी प्रदेश सरकारले गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निशुल्क हवाई उद्धार सेवा सुरु गर्ने भएको छ । यस सम्बन्धि कार्यविधि २०८० लाई समेत मन्त्रीपरिषद् बैठकले पारित गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी बैठकले समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागी तीन सदस्यीय समिति गठन गर्ने निर्णय पनि गरेको छ । जनचेतनामुलक प्रचार सामग्री निर्माण प्रशारण तथा वितरण कार्यविधि २०८०, मौलिक चलचित्र निर्माण तथा प्रर्बद्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधि–२०८०, द्धन्द पिडीतका लागि सवलीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० लाई मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको छ । एक वडा एक कृषि पशुपन्छि तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८० स्वीकृत भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यस्तै मन्त्रीपरिषद् बैठकले प्रदेश सभा सदस्य गीता गुरुङको लागि हेयरिङ मेसिन खरीद गर्न स्वीकृत प्रदान गरेको छ । बैठकमा बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आव्हानको बारेमा भने छलफल नभएको प्रवक्त श्रेष्ठले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*