अनुहार फेरिफेरि षड्यन्त्र नगर्न शिर्ष नेतालाई पूर्वराजा शाहको चेतावनी

स्वर्णिम खबर
१९ पुष २०८०, बिहीबार १९:१७

१९ पुस, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले अनुहार फेरिफेरि षड्यन्त्र नगर्न चेतावनी दिनुभएको छ ।
बिहीवार भैरहवामा आयोजित नागरिक अभिनन्दनका क्रममा उहाँले शिर्ष नेताहरुप्रति इंगित गर्दै अनुहार फेरि फेरि षड्यन्त्र नगर्न चेतावनी दिनुभएको हो । उहाँले अब अन्याय, अत्याचार मुक्त गर्नुपर्ने र षड्यन्त्र गर्नेहरुको चालबाट आफूलाई बचाउनुपर्ने बेला भएको बताउनु भयो । उहाँले देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले वीरता, पराक्रम, पौरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको नेपाल आज सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको अनुभुति भएको बताउनुभयो ।
पूर्वराजा शाहले सदाचारी राजनीतिको युग बितिसकेकाले अब फेरि सबै एक हुन जरुरी रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*