मुलुकको निकासको लागि वर्तमान सरकार विघटन गर्नु नै सही निर्णय हुन्छः प्रभु साह
११ मंसिर, काठमाडौँ । आज जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताउनुभएको छ ।
मुलुकलाई संकटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने उहाँको जिकिर थियो । सोमबार काठमाडांैमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष साहले विचौलिया र दलालहरुको हिस्साको रुपमा काम गरिरहेको सरकारलाई विघटन गर्नुको विकल्प नरहेको दोहो¥याउनु भयो । उहाँले मुलुकमा विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्नका लागि राष्ट्रपतीय प्रणालीमा जानुपर्ने प्रश्ताव समेत गर्नुभयो । अध्यक्ष साहले सरकारले मिटरब्याजीको नाममा भ्रष्टाचार र घुसखोरीलाई बढावा दिएको उल्लेख गर्दै त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।
त्यस अवसरमा अध्यक्ष साहले राजनीतिक दलहरुले जनमतको अपमान गरेको भन्दै आफ्नो पार्टीले जनमत फिर्ता अभियानलाई अघि बढाउने घोषणा समेत गर्नुभयो ।













