गैह्र सरकारी विधेयकमार्फत जलवायु सम्बन्धि नीति बनाउन सहयोग गर्ने सांसदहरुको प्रतिवद्धता

स्वर्णिम खबर
१९ कार्तिक २०८०, आईतवार १७:३३

१९ कार्तिक, काठमाडौँ । विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन र त्यसले नेपालमा पु¥याएको असर न्युनिकरण गर्नको लागि छुट्टै नीतिको आवश्यकता रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।
आईतवार न्युज एजेन्सी नेपालले काठमाडौंमा गरेको संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण र जलवायु परिवर्तनको सवाल विषयक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले जलवायु परिवर्तनले नेपालमा पु¥याएको असर न्युनिकरणका लागि छुट्टै नीतिको आवश्यकता औँल्याएका हुन् । उनीहरुले भइरहेकै कानून पनि कार्यान्वयन हुन नसकेको गुनासो गरेका थिए । कार्यक्रममा राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले दिगो विकास तथा सुशासन कायम गर्न र जलवायु परिवर्तनका कारण बदलिँदै गएको सामाजिक परिवेशलाइ पुरानै अवस्थामा फर्काउनको लागि छुट्टै नीतिको आवश्यक भएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको क्षेत्रमा गैर सरकारी विधेयक ल्याउनको लागि आफू प्रतिवद्ध रहेको बताउनु भयो ।
यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले जलवायु परिवर्तन र यसले नेपालमा पारिरहेको असरका बारेमा बहुआयामिक ढंगले छलफल गरी नीति बनाउनुपर्ने आवश्यकता आँैल्याउनु भयो । जलवायु परिवर्तनको विषय राजनीतिक रहेको भन्दै उहाँले एउटा सरकारले ल्याएको नीति अर्को सरकारले स्वीकार नगर्ने परिपाटी रहनु दुःखद् भएको बताउनु भयो ।
सरोकारवालाहरुले यससम्बन्धि छुट्टै नीति नभएकै कारण अन्तर्राष्ट्रिय स्तरबाट आउने सहायता रकमहरु आउन नसकेको, आएका रकमलाई सही ठाउँमा उपयोग गर्न नसकिएको तथा स्थानीय स्तरसम्ममा रकम पुग्दा कम मात्रै पुग्ने स्थिति आएको गुनासो समेत गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*