राजावादीहरुप्रति माधव नेपालको टिप्पणीः व्यवस्थामाथि आँच आउनेगरी प्रश्न उठाउने अधिकार छैन

स्वर्णिम खबर
१६ कार्तिक २०८०, बिहीबार १७:५८

१६ कार्तिक, काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले राजावादीहरुलाई देशको वर्तमान व्यवस्थामाथि आँच आउनेगरी प्रश्न उठाउने अधिकार नभएको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले राजावादीहरुतर्फ लक्षित गर्दै देशको वर्तमान व्यवस्थामाथि आँच आउनेगरी प्रश्न उठाउने अधिकार नभएको बताउनुभएको हो । उहाँले नेपाललाई फेरि अध्याँरो युगमा फर्काउने कुरा नसोच्न चेतावनी समेत दिनुभयो । उहाँले कुनै वंशको शासनलाई अगाडी सारेर देशको समस्या समाधान हुने कुराको कल्पना गर्नु नहुने बताउनु भयो । उहाँले प्रधानमन्त्री र राज्य सञ्चालनको सम्बन्धमा पीडा भएको भए राजनीतिमा विकल्प दिन चुनौति समेत दिनुभयो ।
अध्यक्ष नेपालले देशको स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्न सबै गम्भिर हुनुपर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रले आशा जगाउन नसकेको भन्दै समस्या समाधानका लागि राजनीतिक नेतृत्वले अपेक्षित रुपमा अग्रसरता लिन नसकेको बताउनु भयो । उहाँले देशको अर्थतन्त्रको मूल्यांकन गर्न विज्ञहरु सहितको बैठक राख्नुपर्ने पनि बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*