दशैँको बिदा सकियो तर सिंहदरवार सुनसान

स्वर्णिम खबर
१० कार्तिक २०८०, शुक्रबार १२:००

१० कार्तिक, काठमाडौँ । दशैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ ।
दशैँको बिदा सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंह दरवारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन । शुक्रवार पनि सिंहदरबारमा मानिसहरुको आवतजावत निकै कम देखिएको छ ।

हाल मन्त्रालयमा सिमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । दैनिक हजारौँको संख्यामा मानिसहरु सिंहदरवार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु र सवारी साधनहरु देख्न सकिन्छ । दशैँ सकिन अझै दुई दिन बाँकी रहेका कारणले पनि सिंहदरबार सुनुसान बनेको छ । शनिवार पूर्णिमाका दिनबाट मात्रै दशैँको टिका विधिवत रुपमा सकिन्छ । आईतवारबाट भने नियमति काममा फर्किने कर्मचारीहरु बढ्ने अनुमान गर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*