रास्वपा बाहेकका दलहरुमा राणा शासन कायम छः सभापति लामिछाने

स्वर्णिम खबर
२५ आश्विन २०८०, बिहीबार १३:२६

२५ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुमा अझैपनि राणा शासन कायम रहेको बताउनुभएको छ ।
बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी बाहेकका दलहरुमा राणा शासन कायम रहेको बताउनुभएको हो । उहाँले अझै पनि दलहरुले आफ्नो मान्छेलाई भर्ति गर्ने गरेको बताउनुभयो । उहाँले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायम रहेको जिकिर गर्नुभयो । सभापति लामिछानेले आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको भन्दै आफूलाई चिनेर केही नहुने दाबी गर्नुभयो । उहाँले इजरायलस्थित नेपाली दुतावासले गैर आवासीय नेपालीहरुले जति पनि काम गर्न नसकेको बताउनु भयो ।
सभापति लामिछानेले विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न सरकार उदासिन देखिएको बताउनु भयो । उहाँले सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न आदेश दिएको एक दशक बित्दा समेत कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले विदेशमा रहेका नेपालीको मताधिकारका लागि आफूहरु जोडतोडका साथ लाग्ने बताउनु भयो ।
सभापति लामिछानेले गैर आवासिय नेपालीहरुले नेपालमा सहज रुपमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले लगानीका लागि गर्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य गरिनुपर्ने बताउनुभयो । त्यस्तै लगानीको मुनाफा सहजै देश बाहिर लान पनि पाउनुपर्ने उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*