शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख राजनीतिक मुद्धाः प्रधानमन्त्री प्रचण्ड

स्वर्णिम खबर
५ आश्विन २०८०, शुक्रबार ११:२६

५ असोज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताउनुभएको छ ।
अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभालाई सम्बोधन गर्दै उहाँले नेपाल शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन लागिपरेको बताउनु भएको हो । सत्य निरुपण तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधनका लागि सङ्घीय संसदमा दर्ता भएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले पीडित सरोकारवाला पक्ष र समाजले ग्रहण गर्ने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पीडितहरूको चासोलाई सम्बोधन गर्न उनीहरूसँग गम्भीर छलफल र अन्तरक्रियापश्चात विधेयक संशोधनको लागि संसदमा प्रस्तुत गरिएको उहाँको दाबी छ । द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने नेपालको दुर्लभ उचित समर्थन र मान्यता दिन विश्व समुदायलाई उहाँले अपिलसमेत गर्नुभएको छ । यस्तै, प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको वडापत्रमाथि नै गम्भीर समस्या उत्पन्न भएको देखिएको टिप्पणी गर्नुभयो ।
उहाँले नेपालले दुई चरणको स्थानीय, प्रादेशिक, सङ्घीय संरचनाको चुनाव सम्पन्न भएर महिला, युवा, दलित र अल्पसङ्ख्यकहरूको सहभागितालाई सरकारी निकायमा सामेल गराउन सफल भएको बताउनुभयो । उहाँले राष्ट्रसङ्घका महासचिवले प्रस्ताव गर्नुभएको दिगो विकास वित्तीय परिचालन हरेक वर्ष पाँच सय विलियन वृद्धि गर्ने प्रस्तावलाई नेपाल स्वागत गर्नुभयो । विश्वभर जलवायु परिवर्तनका कारण सङ्कटको घडी आइरहेको बताउँदै उहाँले मानवताका लागि ठूलो दुर्घटना निम्त्याइरहेको बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको बढ्दो अवस्थालाई मध्यनजर गर्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अनुगमनका लागि बहुराष्ट्रिय रणनीतिको खाँचो औँल्याउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*