देशको अबको कार्यसूचि सुशासन, समृद्धि र सामाजिक न्यायः कार्यबहाक प्रधानमन्त्री खड्का

स्वर्णिम खबर
३ आश्विन २०८०, बुधबार १२:०७

३ असोज, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले देशको अबको कार्यसूचि सुशासन, समृद्धि र सामाजिक न्याय रहेको बताउनुभएको छ ।
बुधवार सविधान दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवं रक्षामन्त्री समेत रहनुभएका खड्काले जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्त गर्दै समतामुलक समाजको सिर्जना गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले आर्थिक, सामाजिक र पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशिघ्र साकार तुल्याउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले स्वास्थ्य, पूर्वाधार एवं सेवाहरुको बिस्तार र सुदृढीकरण गरी महामारी नियन्त्रण र विपद् व्यवस्थापन तथा न्युनिकरण गर्न सक्दो प्रयास गरिरहेको समेत बताउनुभयो । कार्यबहाक प्रधानमन्त्री खड्काले डेंगु रोग फैलिन नदिन तथा यसबाट हुनसक्ने सम्भावित क्षति न्युनिकरण गर्न सरकारले आवश्यक तयारी गर्नुका साथै प्रदेश र स्थानीय तहसम्म समन्वय गरिरहेको पनि बताउनुभयो ।
उहाँले संविधानको मर्म र भावना बमोजिम नागरिकलाई खुशी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभुति दिन र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गरिएको बताउनु भयो । उहाँले उपलब्ध आधुनिक प्रविधिको समेत प्रयोग गरी नागरिकलाई राज्यबाट दिनुपने सेवालाई सरल र सुलभ बनाउन सरकार प्रयत्नशील रहेको उल्लेख गर्नुभयो । उहाँले संविधानप्रति आग्रह र पूर्वाग्रह नराखि नागरिकको हितमा जुट्न आह्वान गर्नुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानको पूर्ण पालना र कार्यान्वयनमा सबै एकतावद्ध हुन जरुरी रहेको बताउनु भयो । उहाँले संविधान देशको मुल कानून हुनका साथै समाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक एवं मनोवैज्ञानिक चेतनाको दर्पण भएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*