नर्श र डाक्टर पढ्नका लागि प्रदेश सरकारले नै शुल्क तोक्छः मुख्यमन्त्री जम्कट्टेल

स्वर्णिम खबर
२ आश्विन २०८०, मंगलवार १८:४८

२ असोज, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विद्यालयमा कृषि, स्वास्थ्य र प्राबिधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रमको उद्घाटन् गर्दै मुख्यमन्त्री जम्कट्टेलले बिद्यालयको विकासको लागि प्रदेश सरकारले उत्कृष्ट कार्य गरेको दाबी गर्नुभयो । अबको शिक्षा कृषि क्षेत्रमा केन्द्रीत गर्नुपर्ने उहाँको सुझाब रहेको छ । स्वास्थ्य क्षेत्रको शिक्षा शुल्क चर्को लिने गरेकोमा आपत्ति जनाउँदै उहाँले अब नर्श र डाक्टर पढ्नका लागि प्रदेश सरकारले नै शुल्क तोक्ने बताउनुभयो । यो विषयमा सरकारले नीतिगत निर्णय लिने पनि उहाँले उल्लेख गर्नुभयो
कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री कुमारी मुक्तानले शिक्षामा सुधार गरे मात्र अन्य क्षेत्रमा सुधार हुने बताउनु भएको छ । उहाँले शिक्षामा सुधार गरेमा सबै क्षेत्र सुध्रदै जाने बताउनुभयो । समाज सुधार गर्नको लागि  पहिलो व्यक्ति शिक्षक भएकाले उसले राम्रो शिक्षा दिन जरुरी रहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*