सुन तस्करीमा मन्त्रीको नाम जोडिएको भन्दै एमालेले माग्यो सरकारको जवाफ

स्वर्णिम खबर
३० भाद्र २०८०, शनिबार १७:५४

३० भाद्र, हेटौँडा । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा बागमती प्रदेशका मन्त्रीको नाम पनि जोडिएको भन्दै सरकारको जवाफ मागेको छ ।
शनिबार बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले एक किलो सुन तस्करीमा प्रदेशका मन्त्रीको नाम जोडिएको भन्दै ध्यानाकर्षण गराउनुभयो । केही दिन पहिले दुबईबाट काठमाडौं आएका तीन जनाले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुन बरामद भएको थियो । पक्राउ परेकाहरुको बयानबाट तस्करीमा काभ्रेका तरुण दलका नेता विकास लामाको संलग्नता खुलेको प्रहरीले बताएको छ । लामा, बागमती प्रदशेका खानेपानी उर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा निकट हुन् । नेता थपलियाले मन्त्रीको नाम उल्लेख गरेर सञ्चार माध्यमहरुमा समाचार आएको भन्दै स्वयम् मन्त्रीले नै त्यसको जवाफ दिनुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*