संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

स्वर्णिम खबर
२६ भाद्र २०८०, मंगलवार ०८:३२

२६ भाद्र, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।
तत्कालीन संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो । काठमाण्डौको बालुवाटार बस्ने उहाँलाई हृदयघात भएपछि महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालमा पुर्याउँदा उहाँको निधन भइसकेको अस्पतालले जनाएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु शिक्षण अस्पातलमा पुगिसक्नुभएको छ । उहाँ गएको मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो ।२००९ साल फागुन २८ गते इलाममा जन्मनुभएका नेम्वाङ इलामबाटै २०५६ सालदेखि पाँच पटक विजयी हुनुभएको थियो । २०६३ सालमा पहिलोपटक सभामुख बन्नुभएका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख हुनुहुन्थ्यो । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नुभएका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*