संघीयता कार्यान्वयनमा संघीय सरकार गम्भीर बन्नुपर्नेः मन्त्री श्रेष्ठ

स्वर्णिम खबर
२५ भाद्र २०८०, सोमबार १८:०५

२५ भाद्र, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले संघीयता कार्यान्वयनमा संघीय सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
नेपाल एफएम नेटवर्कले हेटौडामा सोमबार गरेको अन्तर सरकारी सम्बन्ध र संसद विषयको सम्वाद कार्यशालामा बोल्नुहुँदै मन्त्री श्रेष्ठले संविधानको मर्म अनुसार संघीय सरकारले समन्वय गर्न नसकेको आरोप लगाउनुभयो । अहिले हिजो संघीयताका लागि लडेका नेताको नेतृत्वमा सरकार भएपनि संघीयताको मर्म अनुसार सरकार नचलेको भन्ने विषय सत्य भएको मन्त्री श्रेष्ठको भनाई छ । अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म राजनीतिक स्थायित्व, शान्ती र समृद्धि सम्भव नहुने उहाँको भनाई छ । प्रदेश सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री श्रेष्ठले वागमती प्रदेश सरकारले कानुन निर्माण र योजना तर्जुमामा नयाँ थिति बसाल्ने पनि प्रतिवद्धता जनाउनुभयो ।


कार्यक्रममा वागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईले नीति, विधी, योजना र विकासमा तीन तहको सहकार्य, समुन्वलाई बलियो बनाउन संसदले शसक्त भूमिका खेल्न नसकेको स्वीकार गर्नुभयो । संघीय सरकारको बनाउने कानुनको ढिलाई, केन्द्रिकृत मानसिकताका कारण पनि समुन्वयमा समस्या भएको उहाँको भनाई छ । संघियताका विज्ञ मीनबहादुर बस्नेतले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय नहुँदा संघीयता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । बागमती प्रदेश सभा सदस्यहरु, स्थानीयतहका प्रतिनीधिहरुको सहभागिता रहेको कार्यक्रमको पत्रकार गोविन्द खढ्काले सहजिकरण गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*