बागमती प्रदेशसभामा ४ वटा विधेयक पेश

स्वर्णिम खबर
२४ भाद्र २०८०, आईतवार १९:११

२४ भाद्र, हेटौँडा । बागमती प्रदेशसभाको आइतबार बसेको बैठकमा ४ वटा विधेयकहरु पेश भएका छन ।
आइतबार दिउसो बसेको प्रदेशसभाको बैठकमा सरकारको तर्फबाट ४ वटा विधेयक पेश भएको छ । बैठकमा विज्ञान प्रविधि नवप्रर्वद्धन तथा विकास कोष सञ्चालन विधेयक ,प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन–२०७५ लाई संसोधन गर्न बनेको विधेयक , प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५ लाई संसोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पेश भएका छन् । पेश भएका विधेयकहरुमाथि सामान्य छलफल पछि उक्त विधेयकहरुमा माथी विचार गरियोस् भन्ने प्रस्ताव समेत सर्वसम्मतले स्वीकृत भएको छ । यस्तै प्रदेशसभा नियमावली २०७४ को नियम १४७ बमोजिम सोही नियमावलीको नियम १४६ मा उल्लेख रहेको विषयगत समितीको कार्यक्षेत्र थप गर्न सभाले सहमति जनाएको छ । यस्तै बैठकको शुन्य समयमा प्रदेशसभाका सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए । प्रदेशसभाको अर्को बैठक भदौ २९ गते शुक्रबार दिउँसो साढेँ १२ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*