बागमती प्रदेशसभा बैठकको मिति स¥यो, २४ गते बिहान ११ बजे बस्ने

स्वर्णिम खबर
१९ भाद्र २०८०, मंगलवार १९:१३

१९ भाद्र, हेटौँडा । बागमती प्रदेश सभाको भदौं २० गते अपराह्न १ बजे बस्ने भनिएको बैठक सरेको छ ।
बैठक यही भदौं २४ गते बिहान साढे ११ बजे बस्ने गरी सरेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । मंगलबार बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुको सहमतिअनुसार भदौ २४ गतेका लागि सारिएको सभामुख पाठकले बताउनुभयो । सोमबार बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुबीच सहमति हुन नसक्दा बुधबार बस्ने गरी स्थगित गरिएको थियो । बागमती प्रदेश सभाको बैठक यसअघि गत असार २१ गते बसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*