विद्यमान उद्योग÷व्यवसायसम्बन्धि ऐन छिट्टै संशोधन हुन्छः उद्योगमन्त्री चित्रकार

स्वर्णिम खबर
१६ भाद्र २०८०, शनिबार १७:४९

१६ भाद्र, हेटौँडा । वागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले विद्यमान उद्योग र व्यवसाय सम्बन्धि ऐनलाई छिट्टै संशोधन गर्ने बताउनुभएको छ ।
मन्त्री चित्रकारले उद्योग र व्यवसायमैत्री कानून निर्माणका लागि विद्यमान सो सम्बन्धि ऐन प्रदेश सरकारले छिट्टै संशोधन हुनेगरी प्रदेश सभामा पेस गर्नका लागि आवश्यक निर्णय गरिसकेको बताउनुभएको हो । शनिवार ललितपुरमा आयोजित साना तथा मझौला व्यवसायी महासंघ नेपाल, ललितपुर जिल्ला कार्य समिति अधिवेशनको उद्घाटन गर्दै उहाँले संविधानले उद्योग, व्यवसाय प्रवद्र्धन गर्ने अधिकार प्रदेश सरकारलाई दिएकाको उल्लेख गर्दै प्रदेश सरकारले सोही अनुसारको कामलाई प्राथमिकताका साथ अघि बढाएको समेत बताउनु भयो ।
उहाँले औद्योगिक ग्राम स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यालयका लागि पनि आवश्यक ऐन निर्माणको लागि विधेयक तयार गरी प्रदेश सभामा पेश गर्न लागिएको जानकारी समेत दिनुभयो । मन्त्री चित्रकारले वागमती प्रदेश सरकारले साना तथा मझौला व्यवसायीहरुको समस्या समाधानका लागि आवश्यक बजेट र नीति तथा कार्यक्रम पनि तय गरेको दाबी गर्नुभयो ।
उहाँले उद्योग, व्यवसायको प्रवद्र्धनका लागि वागमती प्रदेश सरकारले उद्योगसम्बन्धि छुट्टै मन्त्रालय स्थापना गरेको जिकिर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*