मन्त्री जोशीको सय दिनको कार्य विवरण सार्वजनिक

स्वर्णिम खबर
१३ भाद्र २०८०, बुधबार १७:२४

१३ भाद्र, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले आफ्नो सय दिनको कार्य विवरण सार्वजनिक गर्नुभएको छ ।
स्वास्थ्य मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री जोशीले ३३ बुद्धामा आफ्नो सय दिनको प्रगती विवरण सार्वजनिक गर्नुभएको हो । प्रदेश भित्रका प्रादेशिक अस्पतालको सामान्य शैया निशुल्क देखि स्वास्थ्य कर्मीका लागि प्रदान गरिएका तालिम सम्मका कार्यलाई मन्त्री जोशीले आफ्नो प्रमुख उपलब्धिमा समेट्नुभएको छ । मन्त्रालयले चालू आर्थिक वर्षको लागि एक प्रदेश, एक निर्वाचन क्षेत्र एक अस्पताल, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत क्यान्सर, हृदयघात, मस्तिष्क घात रोग उपचारमा सहुलियत दिने लगायतका योजना लिएको छ । स्वास्थ्य क्षेत्रलाई परिणाममुखि बनाउने तर्फ मन्त्रालय लागेको स्वास्थ्य मन्त्री जोशीले दाबी गर्नुभयो । सबै जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउने गरि काम गर्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
यसैगरी मन्त्री जोशीले बीमामा आबद्ध भएका ६ सय ३७ लोपोन्मुख तथा सिमान्तकृत जातीका लागि २५ लाख बराबरको रकम योगदान, सामुदायिक, नीजि अस्पतालमा सामाजिक सेवा इकाइ अनिवार्य स्थापना, निःशुुल्क फिजियो थेरापी सेवा, ७ वटा अस्पताललाई शवबाहान प्रदान लगायतका विषयलाई आफ्नो उपलब्धीको रुपमा समावेश गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*