बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्य सम्पादन करार सम्झौता
१३ भाद्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रीहरुसंग कार्य सम्पादन करार सम्झौता गर्नुभएको छ ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजना भएको एक कार्यक्रमको बीच मुुख्यमन्त्री जम्कट्टेल र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मुख्यमन्त्री जम्कट्टेलले चालुु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आएका कार्यक्रम कार्यान्वयनका लागि कार्य सम्झौता करार गरिएको बताउनुभयो । प्रदेश सरकारको काम कारवाहीलाई थप व्यवस्थित बनाउन कार्य सम्पादन सम्झौताले मद्दत पु¥याउने मुख्यमन्त्री जम्कट्टेलको विश्वास रहेको छ ।
कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले जनतालाई दिने सेवा प्रवाहमा प्रदेश सरकार नयाँ ढंगमा अघि बढेको दाबी समेत गर्नुभयो । चालू आर्थिक वर्ष देखि १३ वटै जिल्लाबाट प्रदेशका सबै मन्त्रालयको सेवा दिने कार्य प्रारम्भ गरिने बताउनुभयो ।
आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा, आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्रि मसिना खड्का , भूमी, उद्योग सहकारी तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकार र मुख्यमन्त्रीबीच करार सम्झौता हो । बाँकी मन्त्रीहरु कार्यव्यवस्ततामा रहेका कारण सम्झौता करार पछि गरिने मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।













