नेता शहर केन्द्रित हुने परिपाटीको अन्त्य हुन जरुरीः उपमहासचिव शर्मा
१२ भाद्र, हेटौँडा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जनताको गुनासो सम्बोधन गर्न जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्न लागेको बताउनुभएको छ ।
प्रेस सेन्टर मकवानपुरको आयोजनामा मंगलबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपमहासचिव शर्माले नेता शहर केन्द्रित मात्र हुने परिपार्टीको अन्त्य गर्न विशेष रुपान्तरण अभियान सञ्चालन गरेको बताउनुभयो । तीन महिना सम्म चल्ने अभियानले माओवादी केन्द्रलाई जनताको पार्टी बनाउन सहयोग पुग्ने उहाँको विश्वास थियो । उपमहासचिव शर्माले राज्य, समाज, पार्टी रुपान्तरणलाई केन्द्रमा राखेर पार्टीले काम गरिरहेको दाबी समेत गर्नुभयो । सरकारले थालेको भ्रष्टचार विरोधी कदमहरुलाई समर्थन र साथ दिन पनि उहाँले पार्टी पंक्तिमा आग्रह गर्नुभयो ।













