बागमती मन्त्रीपरिषद्ः १७ गते प्रदेशसभा बैठक बोलाउने, चित्रकारलाई उद्योग मन्त्रालयको जिम्मेवारी

स्वर्णिम खबर
५ भाद्र २०८०, मंगलवार २१:१५

५ भाद्र, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बैठक यहि भदौ १७ गते आव्हान गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बैठक भदौ १७ गते १ बजे आव्हान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी मन्त्रीपरिषद् बैठकले ३ महिना देखि जिम्मेवारी बिहीन रहेका बिना बिभागिय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यसैगरी, बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पनि प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
यस्तै, बैठकले ज्यान जोखिममा परेका सुत्केरी महिलाहरुलाई निशुल्क हवाई उद्धार कार्यविधि र प्रदेश विपद् व्यवस्थापन परिचालन कार्यविधि कास स्वीकृत गर्ने निर्णय गरेको छ भने विज्ञान प्रविधि नवप्रवद्र्धन तथा विकास कोष सञ्चालन पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*