बोल्न नपाएको उपसभामुखको गुनासो
२४ साउन, काठमाडौँ । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गर्नुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताउनुभएको हो । उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले अहिले प्रतिनिधि सभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गर्नुभयो ।
उपसभामुख रानाले देशमा शुसासन नभइ कुशासन रहेको दाबी गर्नुभयो ।













