प्रमुख तीन दलको दोसो चरणको बैठक पनि निष्कर्षविहीन

स्वर्णिम खबर
२२ श्रावण २०८०, सोमबार १८:४४

२२ साउन, काठमाडौँ । संसद संचालन गर्ने विषयमा प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच बसेको दोस्रो चरणको बैठक पनि विनानिष्कर्ष सकिएको छ ।
सभामुख देवराज घिमिरेको आह्वानमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार अपरान्ह बसेको प्रमुख तीन दलको बैठकमा सत्तारुढ काँग्रेस र माओवादी केन्द्र सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानमा सहमत नभएपछि दोस्रो चरणको बैठक पनि निष्कर्षविहिन भएको हो । तर नेताहरु भोली साँढे १० बजे पुनः बैठक बसी संसद संचालन गर्नेबारे सहमती खोज्न भने तयार भएका छन । सिआइवीनै यो तस्करी छानविनको लागि विश्वसनीय निकाय भएकाले त्यसैलाई विश्वास गरेर जान उपयुक्त हुने धारणा सत्तापक्षले बैठकमा राखेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिनु भयो । यता, प्रमुख प्रतिपक्ष एमालेले भने सो प्रकरणको निष्पक्ष छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नुको विकल्प नरहेकोे अडान राखेको थियो । आफ्नो पार्टीेले उच्चस्तरीय छानविन समिति गठन गरी सो प्रकरणको स्वतन्त्र छानविन हुनुपर्ने अडान दुवै चरणको बैठकमा प्रस्तुत गरेको एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले जानकारी दिनु भयो । उहाँले भन्नु प्रमुख तीन दलबीच सहमती नभएपछि प्रतिनिधिसभा बैठक पनि भोली मंगलबार अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको छ । एमाले सचिव भट्टराईका अनुसार यस अघि बिहान साँढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुनः प्रमुख तीन दलको बैठक बस्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*