प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित रह्योः अध्यक्ष ओली

स्वर्णिम खबर
२० श्रावण २०८०, शनिबार १८:२५

२० साउन, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान नभई सत्तास्वार्थ मात्रै प्रधान भएको दाबी गर्नुभएको हो । एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले नेपाली आवश्यक्ता, नेपाली हीत, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरुमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणमा धेरै कमजोरीहरुको देखाएको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले इपीजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय हीतलाई सर्वोपरी राखेर मात्रै परराष्ट्र नीति तय गर्न आफूहरु सदैव तयार रहेको र रहिरहने अडान समेत राख्नुभयो ।
यसैगरी अध्यक्ष ओलीले भारतले कुलो खनेर महाकाली नदीको मुहान भनेकोमा आक्रोश समेत व्यक्त गर्नुभयो । कालापनीमा भारतले ६१ वर्षअघि सेना राखेको उहाँले आरोप समेत लगाउनुभयो । भारतले लिम्पियाधुरा–लिपुलेकमा आफ्नो दाबी गर्न नहुने अध्यक्ष ओलीको भनाई थियो । अध्यक्ष ओलीले भारत र चीन दुई मित्र राष्ट्रहरु भएकाले उनीहरुसँग खुलस्त कुरा राखेर मात्रै आपसी समस्यालाई समाधान गर्न सकिने बताउनुभयो ।
देशको हितको विषयमा छिमेकी मुलुकसँग कुरा राख्न नसक्ने सरकार र सत्ताको अर्थ नहुने उहाँको भनाइ छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*