प्रदेशलाई आर्थिक र प्रशासनिक स्वायत्तता पूर्ण रुपमा दिनुपर्छः सभामुख पाठक

स्वर्णिम खबर
१७ श्रावण २०८०, बुधबार १८:३५

१७ साउन, हेटौँडा । बागमती प्रदेश सभाका सभामुख भुवन पाठकले प्रदेशलाई आर्थिक र प्रशासनिक स्वायत्तता पूर्ण रुपमा दिनुपर्ने बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख पाठकले प्रदेशलाई आर्थिक र प्रशासनिक रुपमा पूर्ण स्वायत्तता दिनुपर्ने बताउनुभयो । उहाँले अझैपनि सबै साधन, स्रोत र शक्ति संघ सरकारसँगै रहेको र प्रदेश सरकारपनि संघमा नै आश्रित हुनुपर्ने अवस्था आएको बताउनु भयो । यसका कारण प्रदेश संकुचित हुनुपरेको उहाँको भनाई छ । आर्थिक र प्रशासनिक अधिकार नपाउँदा प्रदेशले आफ्नो उद्देश्य पूरा गर्न नसकेको उहाँले बताउनुभयो । सभामुख पाठकले आर्थिक र प्रशासनिक अधिकार नदिइएसम्म प्रदेश सभा स्वतन्त्र र स्वायत्त हुन नसक्ने उल्लेख गर्नुभयो ।
उहाँले प्रदेशलाई संघ र स्थानीय तह बिचको पुलको रुपमा परिकल्पना गरिएको भएपनि प्रदेश यि दुई तहबीचको पुल बन्न नसकेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*