भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए काँग्रेसको औचित्य समाप्त हुन्छः नेता कोईराला
९ साउन, काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली काँग्रेसको औचित्य समाप्त हुने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली काँग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उहाँले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताउनुभएको हो । उहाँले जता हे¥यो त्यतै भ्रष्टाचार भएको देखिने भन्दै भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउनुपर्ने बताउनुभयो । नेता कोइरालाले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको जिकिर गर्नुभयो । उहाँले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताउनु भयो ।
उहाँले काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रुपमा चलाउने विश्वास पनि व्यक्त गर्नुभयो ।













