नेतालाई एउटा, जनतालाई अर्को कानून हुन सक्दैनः गृहमन्त्री श्रेष्ठ

स्वर्णिम खबर
८ श्रावण २०८०, सोमबार १७:५२

८ साउन, काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले अनुसन्धानले तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने बताउनु भयो । उहाँले सरकार दोषीलाई छोड्ने काममा नलाग्ने स्पष्ट पार्नुभयो । मन्त्री श्रेष्ठले राजनीतिक क्षेत्रका नेताहरु दोषी देखिइसकेपछि नियन्त्रणमा लिइ कारबाहीको प्रक्रिया अघि बढाउँदा सोही पार्टीका अन्य नेताहरुले बिरोध गर्ने, व्यवसायी, कर्मचारीहरुले पनि आफूलाई कारबाही गर्नु हुँदैन भनेर बिरोध गर्ने परम्पराको विकास हुँदै गएको बताउनुभयो । उहाँले सरकार कुनैपनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको र प्रमाणसँगै सबै दोषीलाई कारबाही हुने प्रतिवद्धता जनाउनु भयो । मन्त्री श्रेष्ठले धनीलाई एउटा, गरिबलाई अर्को कानूनी कारबाही हुनेकुरा सरकारलाई सह्य नरहेको बताउनु भयो । उहाँले कानून सबैका लागि बराबर हुने बताउनु भयो ।
मन्त्री श्रेष्ठले अपराधमा संलग्नहरुलाई प्रमाणले भ्याएसम्म सबैलाई कारबाही हुने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*