भ्रष्टचारीलाई कारवाही गर्न आनाकानी गरेपछि राप्रपाले सरकार छाडेको होः सांसद सिंह

स्वर्णिम खबर
१ श्रावण २०८०, सोमबार १७:४२

१ साउन, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले आगामी चु्नावमा आफ्नो पार्टीले ७० सिट ल्याउने बताउनुभएको छ ।
नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी हुनुभएका सांसद् सिंहले पदयात्रामा राप्रपाको हलोमा भोट दिनुस् भनेर नमागेको बताउनुभयो । उहाँले गणतन्त्र बादी भन्नेहरुसंग २४ बुँदे समझदारी गरेर नै राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा गएको स्पष्ट पार्नुभयो । राप्रपा कै कारण पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने देखि प्रधानमन्त्री प्रचण्ड दौरा सुरुवाल लगाएर हिड्न बाध्य भएको सांसद् सिंहले दाबी समेत गर्नुभयो । मकवानपुर क्षेत्र नं. १ को सांसद् समेत रहनुभएका उहाँले भ्रष्टाचारीलाई कारबाही गर्न प्रधानमन्त्रीले आनाकानी गरेपछि नै सरकार छोडेको बताउनु भयो ।
सांसद सिंहले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा कुनैपनि हालतमा राप्रपा सहभागी नबन्ने दाबी गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*