एमालेले धुप, बत्ती बाल्दैमा गठबन्धन ढल्दैनः मन्त्री ज्वाला

स्वर्णिम खबर
३१ असार २०८०, आईतवार १२:३८

३१ असार, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गर्नुभएको छ ।
आईतवार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढालोस् भनेर धुप, बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गर्नुभयो । उहाँल प्र्रतिगमनका बिरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गर्नुभयो । उहाँले गठबन्धन ढालेर केही पाइहाल्छौँ की भन्ने आशा गर्नेहरुले आशावादी नबन्न आग्रह गर्नुभयो ।
मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार टिकाउनको लागि मात्र नबनेको स्पष्ट पार्नुभयो । गठबन्धनको दीर्घकालीन फाइदाका लागि नै मोर्चा बनेको उहाँले बताउनुभयो ।
जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा रेल सञ्चालनको शुभारम्भ गर्न मन्त्री ज्वाला जनकपुरधाम पुग्नुभएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*