नेपालको असंलग्न परराष्ट्रनीति कमजोर बन्दै गयोः महासचिव गुरुङ

स्वर्णिम खबर
२८ असार २०८०, बिहीबार १५:३०

२८ असार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले असंलग्न परराष्ट्रनीति कमजोर बन्दै गइरहेको बताउनुभएको छ ।
बिहीवार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै महासचिव गुरुङले राष्ट्र, देश र जनताको स्वार्थ भन्दा पनि नेता, दलहरुको स्वार्थमा बढी केन्द्रित हुँदा असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको टिप्पणी गर्नुभयो । उहाँले पछिल्लो समयमा कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले पञ्चशीलको सिद्धान्त, स्वतन्त्र परराष्ट्र नीतिमा प्रत्यक्ष प्रभाव परिरहेको बताउनुभयो । असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधरता बन्ने ढंगको प्रवृत्ति बढ्दै गइरहेकोमा उहाँले आपत्ति जनाउनुभयो । महासचिव गुरुङले सरकार पनि राष्ट्रिय सहमतिबाट नै बनाउन आवश्यक रहेको बताउनुभयो ।
महासचिव गुरुङले राष्ट्रिय राजनीतिमा पनि विकासको स्थिरता, स्थायित्व, निरन्तरता अनिवार्य रहेको बताउनुभयो । उहाँले राष्ट्रिय राजनीतिमा आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध गर्ने राजनीति र विद्वेषपूर्ण ढंगले चल्ने खालका प्रवृत्तिहरु बढेका कारण विचारको क्षेत्रमा मतभेद देखिएको उल्लेख गर्नुभयो । उहाँले परराष्ट्र नीति, राष्ट्रिय मामिला, विकास निर्माणमा राष्ट्रिय सहमति जरुरी रहेको जिकिर गर्नुभयो । महासचिव गुरुङले राजनीतिक दलहरु एक ठाउँमा नउभिदिँदा राष्ट्रिय अस्मिता कमजोर बन्दै गएको र शक्तिकेन्द्रले नाजायज फाइदा उठाइरहेको बताउनुभयो ।
महासचिव गुरुङले बीआरआई प्रभावकारी ढंगबाट अघि बढ्न नसकेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*