एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्छः सचेतक बर्तौला

स्वर्णिम खबर
६ असार २०८०, बुधबार १६:३८

६ असार, काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताउनुभएको छ ।
बुधवार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले एमालेले चाहेमा एक हप्ता भित्रमा सरकार ढाल्ने बताउनुभयो । उहाँले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको प्रतिक्रिया दिनुभयो । यद्यपी सरकार एमालेको प्रयत्नले ढल्ने नभइ गठबन्धनभित्रकै अन्तरबिरोध, असमझदारी र अविश्वासले ढल्ने सचेतक बर्तौलाले उल्लेख गर्नुभयो । उहाँले एमालेले प्रतिपक्ष दलहरुको मोर्चा नबनाउने पनि स्पष्ट पार्नुभयो । सचेतक बर्तौलाले एमालेले आफ्नै सामथ्र्य र जनताको आदेशका आधारमा संसदमा भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको बताउनु भयो । समाजवादी मोर्चा बनाउनुले देशलाई अन्यौलता र अस्थिरतातर्फ लैजान मद्दत पुग्ने उहाँको भनाई छ ।
उहाँले समाजवादी मोर्चा गठबन्धनभित्रको एउटा गुट भएको बताउनु भयो । यसले देश र जनताको हीतमा काम नगर्ने टिप्पणी गर्नुभयो । उहाँले मोर्चामा आवद्ध दलहरु बीचको प्रेम ‘गैँडाको प्रेम चटाइ’ भएको टिप्पणी गर्नुभयो ।
सचेतक बर्तौलाले अघोषित रुपमा पर्यटनमन्त्रीले पहिचानवादी आन्दोलनकारीहरुलाई समर्थन छ भन्ने सन्देश दिनुभएको बताउनुभयो । उहाँले मन्त्री पदबाट राजीनामा दिएर पहिचानवादीहरुलाई समर्थन गर्न आग्रह गर्नुभयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*