बागमती प्रदेश सभाको बैठक जेठ ३२ गते बस्ने

स्वर्णिम खबर
२९ जेष्ठ २०८०, सोमबार १७:४७

२९ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको बैठक जेठ ३२ गते बस्ने भएको छ ।
जेष्ठ ३२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । आगामी आर्थिक वर्ष २०८०÷०८१ को आर्थिक संवेक्षणमाथि छलफल गर्न प्रदेश सभा बैठक आह्वान गरिएको प्रमुख सचिव खड्काले बताउनुभयो । उक्त बैठकका लागि कार्यसूची तयार पार्न जेष्ठ ३१ गते अपराह्न २ बजेको समयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक पनि आह्वान गरिएको छ । प्रदेश सभाको बैठक यसअघि गत जेष्ठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*