दलहरुको घेराबन्दीबाट रास्वपा डराउँदैन्ः सभापति लामिछाने
२७ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई विभिन्न ठाउँबाट अन्य दलहरुले घेराबन्दी गरिरहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले २०८४ मा सबै खाले चुनावमा विजयी हाँसिल गर्ने अवस्था देखिएपछि पार्टीबिरुद्ध बाधा पु¥याउने प्रयास भइरहेको आरोप लगाउनुभयो । उहाँले दलहरुको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने समेत उहाँ स्पष्ट पार्नुभयो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागकिरता विधेयक रोक्दा पनि आफ्नो पार्टीले बिरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरुले पनि अकर्मण्यता देखाएको उहाँको ठहर छ । उहाँले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको बताउनुभयो । आफ्नो पार्टीले नेपाली नागरिकले नागकिरता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरु सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको उहाँको भनाई छ ।
सभापति लामिछानेले आफ्नो पार्टीले राजनीतिक अडानका रुपमा लिएका मुद्दालाई नछोड्ने बताउनु भयो ।













